स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले तालमेल गरेर उम्मेदवारी दिने भएपछि महिलाको प्रतिनिधित्व घट्न सक्ने देखिएको छ । निर्वाचन आयोगले दलहरूले चुनावी तालमेल गरेर उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व विगतभन्दा कमजोर हुनसक्ने चिन्ता व्यक्त भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएको छ ।