काठमाडौं : राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका हुन्।उनले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरे। उनले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गरे।उनले भने, ‘यसलाई कानुन बनाएर कानुनसम्मत् ढंगले त्यसलाई निय