काठमाण्डाै - प्रमुख पर्यटकीय क्षेत्र काठमाण्डौको ठमेलमा फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाण्डौ महानगरपालिकाले विशेष चासो देखाएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले ठमेल क्षेत्रको स्थलगत अवलोकन गरी त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि छलफल समेत गर्नुभएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया भएको छ ।
परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सीसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या सम...