एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुको सहयोगबिना संसद्बाट एमसीसी पास गर्न चुनौती दिएका छन् । काठमाडौंमा शुक्रबार आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसद्बाट पास गर्न चुनौती दिएका हुन् ।