बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको पेशी तोकियो

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्‍दाको पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो। बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए। बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको

सम्बन्धित सामग्री

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने

काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा .बाबुराम भट्टराईविरुद्धको मुद्दामा कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज (सोमबार) नहुने भएको छ । गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले बहस नोटसमेत मगाउने गरी अन्तिम सुनुवाइका लागि आज तोकेको थियो । बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका […]

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट खारेज

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन भन्दै दायर रिट सर्वोच्चले खारेज गरिदिएको छ ।