रोल्पामा स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ । छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो । स्नातकोत्तर तह सञ्चालनका लागि विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट एक करोड बढी आर्थिक सङ्कलन भएको थियो । महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आर