मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा १ र ९ मा १२ सय २७ मत गन्दा प्रमुख पदमा एमालेका भुपेन्द्र लावतीले ६५२ मत पाएका छन् ।काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकालले ४ सय ७१ मत पाएका छन् । यस्तै उपमेयर तर्फपनि एमालेले अग्रता हासिल गरेको छ । एमालेबाट कृष्णकुमारी निरौलाले ६ सय १० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ३ सय १८ मत पाएका छन् ।