काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन्।शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने बताएकी छिन्। साथै राष्ट्रिय एकता थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने उनको विश्वास छ।