बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेल दुवै धादिङबाट प्रतिनिधित्व गर्दछन् । पाण्डे र जम्कट्टेल प्रदेशसभा निर्वाचनमा धादिङबाटै निर्वाचित भएका हुन् । मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री दुवै धादिङबाटै प्रतिनिधित्व गर्ने भएकाले होला, आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले धादिङलाई विशेष महत्त्व दिएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत धादिङका विभिन्न स्थानीय तहलाई दिइने अनुदान र योजनाहरुमा अन्य जिल्लाको तुलनामा बढी