सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको छ। संसदमा पूर्व-बजेट छलफल सुरू हुँदैछ। यतिबेला सांसदहरुको ध्यान भने नीति तथा कार्यक्रम प्रभावकारी बनाउने तिर छैन। महाभारतमा अर्जुनले तिर हान्नु अघि उनको ध्यान माछाको आँखामा केन्द्रित भएजस्तो सांसदको निशाना यतिबेला बजेटको १० करोडमा छ। नेकपा माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकमा सबैजसो सांसदहरुले निर्वाचन…