काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक भोली बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी संगठनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको स्थायी समिति सदस्य गणेश शाहले बताए। सरकारका सम्बन्धमा भने भोलीसम्म हुने राजनीतिक परिस्थितिका आधारमा छलफल हुने उनको भनाइ छ।