मलाई एमालेको ह्विप लाग्दैनः अजय शाही

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही आफूलाई नेकपा एमालेको ह्विप नलाग्ने बताएका छन्। एमालेलाई स्पष्टीकरणको जवाफ फर्काउँदै उनले आफू नवलपरासीबाट स्वतन्त्र रूपमा निर्वाचित भएको बताए। आफू आबद्ध स्वतन्त्र राजनीतिक समूह र एमालेबीचको सम्झौताअनुरूप सूर्य चिह्नबाट निर्वाचित भए पनि पार्टीको सदस्यता नलिएको उनी बताउँछन। माओवादीका मुख्यमन्त्रीलाई साथ दिँदै मन्त्री बनेपछि उनलाई एमालेले २८ साउनमा स्पष्टीकरण सोधेको थियो।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध अन्त्य

१० जेठ, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोध अन्त्य भएको छ । स्वतन्त्र सांसद अजय शाही र नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री वलीलाई आफ्नो सांसद दावी गर्दै एमालेले उनीहरुलाई कारवाही नगरिएको विषय उठाएर ६ महिनादेखि प्रदेश सभा वैठक अवरुद्ध गर्दै आएको थियो । प्रदेश सभाको १० […]

एमालेद्वारा लुम्बिनी प्रदेशसभा अबरुद्ध, आधा घण्टाका लागि स्थगित

काठमाडौँ, ७ भदौ। लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएसंगै (नेकपा एमाले)का सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित गरिएको छ । एमालेले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले सांसद शाही र वलीलाई पदमुक्त […]

एमालेले लुम्बिनीको संसद् चल्न नदिने

नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ ।एमालेले कारबाही गरेका २ सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाए पनि प्रदेशसभाले पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आक्रोशपूर्ण खण्डन गर्दै सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक […]

एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न मिल्दैन - लुम्बिनी प्रदेश सभा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।प्रदेश सभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनु...

लुम्बिनीमा सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी

६ भदौ, बुटवल । नेकपा एमालेले निष्कासनको कारबाही गरेका दुई सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगरेपछि लुम्बिनीमा प्रमुख विपक्षी दल र सभामुखबीच द्वन्द्व बढेको छ । एमालेले निष्कासनको कारबाही गरेका दुई सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गर्न नमानेपछि एमालेले सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको छ । प्रदेशसभा सचिवालयले भने एमालेले […]

लुम्बिनी एमालेले उठायो सभामुख घर्तीको भूमिकामाथि प्रश्न

बुटवल- नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामा प्रश्न उठाएको छ। एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो। एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा चासो दिएको बताएको हो। एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको […]

प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्रीलाई एमालेले गर्यो कारवाही (पत्रसहित)

नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई सांसद पद नरहने गरी कारवाही गरेको छ । कारवाहीको विवरणसहितको पत्र मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइएको हो ।शाही र खत्री हाल प्रदेश सरकारमा सहभागी छन् ।प्रदेशसभामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालका अनुसार शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै चुनाव चिह्नबाट विजयी भएको र वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै दुवैलाई सांसद पद नरहने गरी कारवाही गरिएको विवरणसहित सभामुखलाई पत्र बुझा

सूर्य चिह्नबाट निर्वाचित अजय शाही : मन्त्रीकै लागि विपक्षी गठबन्धनमा जोडिए

नवलपरासी पश्चिम १ 'ख' बाट सूर्य चिह्न लिएर निर्वाचित लुम्बिनी प्रदेशका सांसद अजय शाही अन्ततः विपक्षी गठबन्धनमा लागेर बिनाविभागीय मन्त्री बनेका छन् । उनलाई आज प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका छन्

माओवादी केन्द्रले सम्मानजनक व्यवहार गरेकाले हाम्रो समर्थन : अजय शाही

नवलपरासी : लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीले आफूले राजीनामा नदिएको बताएका छन्। राजीनामा सम्बन्धि समाचार बिभिन्न संचार माध्यममा प्रसारित भएपछि थाहाकर्मीसँग कुरागर्दै प्रदेश शाहीले आफूले कित्ता फेरेर माओवादीलाई समर्थन गरेको तर, राजीनामा भने नदिएको स्पष्ट पारे।सन्चारमाध्यममा प्रसारित समाचार निराधार रहेको नेता शाहीले बताए। आफूहरुले उपस्थितिमा मात्रै हस्ताक्षर गरेको तर एमालेले किर्ते गरेर आफ्नो हस्ताक्षर निर्णयमा समेत प्रयोग गरेको शाहीकाे भनाई छ।  उनले स्वतन्त्र