जेठ २३, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
अघिल्लो दिन प्रतितोला ९७ हजार ९०० रुपैयाँ रहेको थियो । यो दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ तोकिएको छ । यसैगरी सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमवार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ ।