पठन संस्कृति बढाउन किन कन्जुस्याई ?

बाँदर धपाउने हेरालुलाई बजेट छुट्याउने स्थानिय सरकारले पुस्तकालय स्थापनाका लागि पहल गरेको समाचार सुनिएको छैन । पुस्तकालय दिवस वा पुस्तकसंग सम्बन्धित अन्य कतिपय पर्व र काठमाडौं र मोफसलमा हुने पुस्तक प्रदर्शनीका अवसरमा निश्चित मिनेटका लागि पुस्तक र पठन संस्कृतिका ’boutमा चर्चा गरिएपनि पठन संस्कृति बढाउने विषयमा गहन छलफल हुँदैन । सूचना प्रविधीको प्रचुर विकास हुँदै […] The post पठन संस्कृति बढाउन किन कन्जुस्याई ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पठन संस्कृति बढाउन पुस्तकालयको विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पठन संस्कृति बढाउन उपयुक्त माध्यमका रुपमा पुस्तकालयलाई विकास गर्दै लानुपर्ने बताउनुभएको छ।

गाउँमा पुस्तकालय खोल्दै युवा

हेटौंडाका युवाले पठन संस्कृति बढाउन पुस्तकालय स्थापना अभियान चलाएका छन् । पुस्तकालय भएर पनि सञ्चालनमा नआएका ठाउँमा स्थानीय जनप्रतिनिधि र युवालाई घचघच्याउन थालेका हुन् ।

परिसंवादकै बारेमा प्रगतिशील लेखक संघको बयालिसौँ परिसंवाद

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले २०७३ सालदेखि हालसम्म सम्पन्न गरेका ४१ वटा परिसंवादबारे छलफल चलाउँदै ४२औँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । महासचिव समीर सिंहद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०७७ चैत्र ६ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा अघि बढेको उपर्युक्त कार्यक्रममा महासचिव सिंहले २०७३ पुस १ गते प्रगतिशील लेखक सङ्घले सम्पन्न गरेको पछिल्लो ४१ औँ परिसंवादको सङ्क्षिप्त परिचर्चा गर्नुभयो । सो क्रममा उहाँले ४१ वटै परिसंवादको प्रत्येकको बेग्लाबेग्लै सङ्क्षिप्त फेहरिस्त प्रस्तुत गर्नुभयो । पहिलो परिसंवाद चर्चित बङ्गाली साहित्यकार महाश्वेता देवीको साहित्यिक योगदानबाट सुरु भएको बताउँदै महासचिव सिंहले पछिल्ला दिनमा सो कार्यक्रमले व्यापक क्षेत्र समेटेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘साहित्यिक व्यक्तित्वको चर्चाको क्रममा अघि बढ्दै परिसंवादमा विशुद्ध साहित्यकारसम्म मात्र सीमित नरहेर हृदयचन्द्र सिंह प्रधान, युद्धप्रसाद मिश्र, कृष्ण सेन इच्छुक, पुष्पलाल, रूपचन्द्र विष्ट, स्वनाम साथीसम्मको योगदानबारे चर्चा गरियो ।’ ‘त्यसैगरी हालसम्म साहित्यका विभिन्न प्रवृत्तिमा केन्द्रित रहेर कविता, कथा, उपन्यास, लोकसाहित्य, सांस्कृतिक रूपान्तरणजस्ता विषयलाई चर्चाको विषय बनाइयो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा विभिन्न विधाका विज्ञहरूलाई कार्यक्रममा आमन्त्रण गरियो ।’ त्यति मात्रै होइन, पछिल्लो समयमा दर्शन, राष्ट्रियता, भौतिकवाद, पठन संस्कृति, साहित्यमा महिला साहित्यकारको स्थान र बालसाहित्यजस्ता विषय प्रस्तुत गरिएको पनि उहाँले बताउनुभयो । महासचिव सिंहले २०७५ सालको एघारौँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा प्रलेसलाई अगाडि बढाउन मद्दत पुगोस् भनेर घटकीय सांस्कृतिक मोर्चाका प्रतिनिधिलाई समेत परिसंवादमा बोलाइएको स्मरण गर्नुभयो । ‘त्यस्तै समाजवादउन्मुख संविधान बनिसकेका बेला त्यससित सम्बन्धित रहेर दर्शन, शिक्षा, राजनीतिजस्ता विषयमा पनि चर्चा चलाइयो भने तत्कालीन समसामयिक विषयलाई समेत समेट्ने गरियो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा एमसिसी, लिपुलेक, महिला हिंसा, चैत्र ३ गतेको साहित्यकारको आन्दोलनजस्ता प्रसङ्ग परिसंवादका विषय बन्न पुगे ।’ कार्यक्रम प्रा.डा. बद्रिविशाल पोखरेल, नारायण मरासिनी र हरिप्रसाद भण्डारीले पूरक मन्तव्य राख्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।