प्राकृतिक स्रोत तथा वित्त आयोगबाट समानीकरण अनुदानतर्फ प्राप्त रकमलाई आम्दानी मानेर प्रदेश नम्बर ३ को सरकारले चालू आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । बिहीबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कुल १ अर्ब २ करोड ५ लाख रुपैयाँ आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् ।