एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं ।  एनएली इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन  गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।  बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता आइतवार कम्पनी र क्यापिटलबीच भएको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको  ६६ प्रतिशत हकप्रद शेयर निष्कासन तयारी गरेको हो ।  अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।  जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।

सम्बन्धित सामग्री

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि मङ्सिर २० गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड १४ लाख छ । हकप्रद निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. ६१ करोड २८ लाख १० हजार पुग्नेछ।

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने,सेबोनमा निवेदन दियो

काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।  निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पु¥याउन निर्देशन दिएको हो ।

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकेको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेकाले असार २५ गतेसम्मको अवधि थप गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर असार २५ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर असार २५ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले यसअघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकेको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेकाले असार २५ गतेसम्मको अवधि थप गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड छ । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल 0लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार छ ।

लामो समयपछि सार्वजनिक निष्कासनमा हकप्रद शेयर

काठमाडौं । धितोपत्र बजारमा सार्वजनिक निष्कासनका क्रममा पछिल्लो समय आईपीओले निरन्तरता पाइरहे पनि अन्य धितोपत्रले भने निरन्तरता पाएको अवस्था थिएन । लगानीमा फरकपन चाहने लगानीकर्ताले लामो समयपछि हकप्रद शेयर खरीद गर्ने अवसर पाएका छन् । राधी विद्युत कम्पनीको गत असोजमा हकप्रद शेयर विक्री गरेको थियो । राधी विद्युतले १ बराबर १ दशमलव ४७ को अनुपातमा हकप्रद विक्रीको लामो समयपछि धितोपत्र बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएका आईपीओ, एफपीओ, ऋणपत्र, म्युचुअल फण्डका इकाई सर्वसाधारण लगानीकर्ता सबैले खरीद गर्न पाउँछन् भने हकप्रदको लागि भने कम्पनीले तय गरेको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था छ । दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनीले प्रतिकित्ता रू. १०० मूल्यमै हकप्रद शेयर जारी गर्ने भएकाले पनि धेरैजसो लगानीकर्ताको आकर्षण हकप्रदमा देखिन्छ । बजारविज्ञ लगानीकर्ता भने हकप्रदले कम्पनीको शेयर कित्ता थप हुने हुँदा बजारमा विक्री चाप बढ्न गई मूल्यमा असर गर्ने तर्क गर्छन् ।  तर, धेरैजसो लगानीकर्ताले राम्रो वित्तीय अवस्था र दोस्रो बजारमा राम्रो मूल्य भएको कम्पनीको हकप्रद शेयर खरीद गर्दा घाटा नहुने प्रतिक्रिया दिने गरेका छन् । हाल सार्वजनिक निष्कासनमा हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद शेयरसँगै लुम्बिनी विकास बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र, कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो चरणको आईपीओ विक्रीमा छन् । आईपीओबाहेक अन्य धितोपत्र खरीदका लागि पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दै गएको देखिन्छ । तर, लामो समयपछि सार्वजनिक निष्कासनमा आएको हकप्रद शेयर खरिदका लागि पहिलो दिनमै ५ हजार २८५ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार सोमवार एकै दिन हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर खरीदका लागि यी आवेदकहरूबाट ४ लाख ४० हजार ३११ कित्ता शेयर खरीद माग भएको हो । पहिलो दिनमै कम्पनीको करीब ४ प्रतिशत हकप्रद शेयर विक्री भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । धितोपत्र दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. १६७ दशमलव ६० कायम भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर असार १० गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।

७५ प्रतिशत हकप्रद शेयर सोमवार देखि निष्कासन गर्दै हिमाल दोलखा

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि सोमवार अर्थात जेठ २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब २० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदनहरूले  असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फतसमेत आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ  । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाबाट २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाबाट २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन भइरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लाग रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।

हकप्रद शेयर विक्रीका लागि हिमाल दोलखाले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (Himal Dolakha Hydropower Company Limited)ले ७५ प्रतिशत हकप्रद शेयर (Rights Share) निष्कासनका लागि बुक क्लोज (Book Close)को मिति तय गरेको छ । कम्पनी (HDHPC)ले हकप्रद शेयर निष्कासनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी (Paid up Capital)को आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)बाट अनुमति पाइसकेको छ । वैशाख १२ गते बोर्डको अनुमति पाएसँगै कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । निष्कासन मिति हालसम्म कम्पनीले तय गरेको छैन ।  कम्पनीले हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेका आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।

हकप्रद शेयर निष्कासनका लागि हिमाल दोलखाले पायो बोर्डको अनुमति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न वैशाख १२ गते अनुमति प्रदान गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीको हकप्रद शेयर विक्रीपछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले यो हकप्रद विक्रीका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।  हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख