लामो समयपछि सार्वजनिक निष्कासनमा हकप्रद शेयर

काठमाडौं । धितोपत्र बजारमा सार्वजनिक निष्कासनका क्रममा पछिल्लो समय आईपीओले निरन्तरता पाइरहे पनि अन्य धितोपत्रले भने निरन्तरता पाएको अवस्था थिएन । लगानीमा फरकपन चाहने लगानीकर्ताले लामो समयपछि हकप्रद शेयर खरीद गर्ने अवसर पाएका छन् । राधी विद्युत कम्पनीको गत असोजमा हकप्रद शेयर विक्री गरेको थियो । राधी विद्युतले १ बराबर १ दशमलव ४७ को अनुपातमा हकप्रद विक्रीको लामो समयपछि धितोपत्र बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएका आईपीओ, एफपीओ, ऋणपत्र, म्युचुअल फण्डका इकाई सर्वसाधारण लगानीकर्ता सबैले खरीद गर्न पाउँछन् भने हकप्रदको लागि भने कम्पनीले तय गरेको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था छ । दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनीले प्रतिकित्ता रू. १०० मूल्यमै हकप्रद शेयर जारी गर्ने भएकाले पनि धेरैजसो लगानीकर्ताको आकर्षण हकप्रदमा देखिन्छ । बजारविज्ञ लगानीकर्ता भने हकप्रदले कम्पनीको शेयर कित्ता थप हुने हुँदा बजारमा विक्री चाप बढ्न गई मूल्यमा असर गर्ने तर्क गर्छन् ।  तर, धेरैजसो लगानीकर्ताले राम्रो वित्तीय अवस्था र दोस्रो बजारमा राम्रो मूल्य भएको कम्पनीको हकप्रद शेयर खरीद गर्दा घाटा नहुने प्रतिक्रिया दिने गरेका छन् । हाल सार्वजनिक निष्कासनमा हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद शेयरसँगै लुम्बिनी विकास बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र, कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो चरणको आईपीओ विक्रीमा छन् । आईपीओबाहेक अन्य धितोपत्र खरीदका लागि पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दै गएको देखिन्छ । तर, लामो समयपछि सार्वजनिक निष्कासनमा आएको हकप्रद शेयर खरिदका लागि पहिलो दिनमै ५ हजार २८५ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार सोमवार एकै दिन हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर खरीदका लागि यी आवेदकहरूबाट ४ लाख ४० हजार ३११ कित्ता शेयर खरीद माग भएको हो । पहिलो दिनमै कम्पनीको करीब ४ प्रतिशत हकप्रद शेयर विक्री भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । धितोपत्र दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. १६७ दशमलव ६० कायम भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर असार १० गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।

सम्बन्धित सामग्री

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

बरुण हाइड्रोपावरको ३ लाख हकप्रद शेयर बिक्रीमा

बरुण हाइड्रोपावरले ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाण्डौ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिक...

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालीङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ ।  कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिव

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

काठमाडौँ,३१ असार । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । स्वदेशी लगानीमा निर्माण सम्पन्न […]

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर विक्री खुला

काठमाडौं, २५ असोज । आजदेखि एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर १० बरावर ३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता निष्काशनमा ल्याएको हो । हकप्रद शेयर खरिदको लागि कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद […]

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले बैशाख ६ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ बराबर ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

अपि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमााडैं, २१ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको हो । हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ […]

नारायणी डेभलपमेन्ट बैंकले २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

बैंकले हालै धिताेपत्र बोर्डबाट स्वीकृतिप्राप्त शतप्रतिशत (१:१) हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कायम हुने चुक्ता पुँजीको २ सय प्रतिशत अर्थात् १:२ काे अनुपातमा थप हकप्रद शेयर निष्कासन गर्ने भएकाे हाे