रेशम चौधरीबारे छलफल गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली

काठमाडौं : सांसद रेशम चौधरी प्रकरणमा सरकारले वार्ता टोली गठन गरेको छ। थरूहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।  वार्ता टोलीमा गृहमन्त्री बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी छन्।  सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच रेशम चौधरी रिहा, संविधान संशोधन, थरूहट र मद्येश आन्दोलनविरुद्ध लगाएको मुद्दा फिर्ताको विषयमा छलफल चलिरहेको छ।...

सम्बन्धित सामग्री

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।

माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी छ: भट्टराई

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी रहेको बताएका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दुईवटा पार्टी मात्रै नभएर अरु कम्युनिस्ट दलहरुसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ […]

प्रदेश १ मा सरकार गठनका लागि एमालेले बनायो वार्ता टोली

१० पुस, विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ । आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेको थियो । सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीको सदस्यमा तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई […]

अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता टोलीबीच छलफल

४ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ । ९ दिनदेखि […]

प्रदेश २ः नाम र राजधानीमा सहमति जुटाउदै वार्ता टोली

काठमाडौं, पुस ७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो। उक्त टोलीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्ने भएको हो। […]

एमालेको वार्ताबारे अनौपचारिक छलफल, कहिले बस्छ पहिलो बैठक?

काठमाडौं : नेकपा एमालेको विवाद मिलाउनका लागि गठित वार्ता टोलीको बैठक बस्न सकेको छैन। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता टोली मार्फत् संवाद गरिरहेका छन्। ओली समूहका वार्ता टोलीका नेता सुवास नेम्बाङले सोमवार अनौपचारिक छलफल भएको जानकारी दिए। नेपाल समूहका तर्फबाट वार्ता…

थारु समुदायका माग सम्बोधन गर्न वार्ता टोली बनाउँछौं : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिएका छन् । माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताए ।   समस्याको छिटोभन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग...

जसपा र सरकारी वार्ता टोलीबिच छलफल जारी

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) को वार्ता टोली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबिच अनौपचरिक वार्ता बालुवाटारमा सुरु भएको छ। अनौपचारिक छलफललाई निरन्तरता दिने भन्दै बिहीवार छलफल सकिएको थियो। सरकारी वार्ता टोली र जसपाबिच छलफल सुरु भएको वार्ता टोलीको सदस्य सुवास नेम्वाङले जानकारी दिए। सर्वोच्च अदालतले नेकपाको नाम…

सकियो सरकार–विप्लव दोस्रो चरणको वार्ता– ‘दुवै पक्ष समान धारणा नजिक’

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो । पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता ...