साेलुखुम्बु – सोलुखुम्बुमा नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । आज आइतवार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनाेट हुनुभएको हो । महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भन्नुभएको हो ।नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो । फुयाँल जिल्लाकै कान्छी महाधिवे...