पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित मल्याङ्दी खोलाका ९३ वर्षीय सिपबहादुर घिमिरे सोमबार सदरमुकाम कुश्मा बजारमा रहेको प्रभु बैंकको पेटीमा पालो पर्खिएर बसेका थिए। त्रैमासिक रूपमा आउने सामाजिक सुरक्षा भत्ता बुझ्नाको लागि बिहान १० बजे नै बैंकको शाखामा पुगेका उनको पालो १२ बज्दा आयो। बैंकमा पालोको पर्खाइ भन्दा पनि भत्तालाई दसैँ खर्च बनाउन पाउनेमा उनी खुसी थिए।‘बिहानै खाना खाएर आएर लाइनमा बसेको अहिलेसम्म नि पालो आएको छैन। आज पैसा निकालेपछि यसैले दसैँ खर्च चलाउन सजिलो होला&rs