काठमाण्डाै - चीनले नेपाललाई सहयोग स्वरुप दिने अक्सिजन सिलिन्डर नेपाल ल्याउन समस्या देखिएको छ ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भनेकोमा पहिलो चरणमा तीन हजार पाँच सय थान सिलिन्डर दिने पक्का भइसकेको छ । तर यी सिलिन्डर नेपालमा ल्याउन समस्या भएको छ ।
विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको हो । नेपालकै जहाज पठाएर खेप/खेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकै पटकमा अलि धेरै सिलिन्डर ल्याउने...