फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो । ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।&n