मतपत्र छपाइ सकियो, मधेस र वाग्मतीमा ढुवानी बाँकी : निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार मतपत्र छपाइ सकिएको र मधेस तथा वाग्मती प्रदेशमा मात्र ढुवानी बाँकी रहेको जानकारी दिएका हुन् ।

सम्बन्धित सामग्री

६८ लाखभन्दा बढी मतपत्र छापिसक्यौँ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ। यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।आज दोलखा, रामेछाप,

मतपत्र छपाइ सकियो, आज सबै जिल्लामा ढुवानीको काम सकिन्छ : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको