नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरु गठबन्धन बनाएर चुनावमा होमिएको बताएका छन् । सोमबार चुनावी सभालाई सम्बोधन गर्न कालिकोट पुगेका उनले देश संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा अघि बढेको बताउँदै अब जनताको अवस्था परिर्वतन गर्न आफूहरु केन्द्रित भएको बताए ।उनले प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्ने ‘ओली प्रवृत्ति’का विरुद्ध गठबन्धन बनेको पनि प्रस्ट पारे । देशका दलित, आदि