पासबिना हिँडेका १५ सय सवारीसाधन होल्डमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले १५ सय सवारीसाधनलाई कारबाही गरेको छ। महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले पासबिना सवारीसाधन सञ्चालन गरिरहेका सवारीसाधनलाई होल्ड गरिएको बताए। प्रवक्ता अधिकारीका अनुसार ११ सय ६० मोटरसाइकल र ३ सय ४० चारपाङ्ग्रे सवारीलाई सडकमै होल्ड गरिएको हो। बिहानैबाट निषेधाज्ञा जारी गरिएकोले उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने मुख्य नाकाहरूमा प्रहरीको बाक्लो तैनाथी छ। अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई सडकमै होल्डिङ सेन्टर बनाएर राखिएको प्रहरीले जनाएको छ। औषधि, खाद्यान्‍न, तरकारी...

सम्बन्धित सामग्री

ट्राफिक कारबाही तीव्र, २४ घण्टामा १५ सय २७ जना चालकलाई कारबाही

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक […]

उद्योग बन्द हुने आधार

चोरीपैठारी र भन्सार महसुल तथा अन्त:शुल्कका कारण वीरगञ्जमा १७ ओटा स्वीट सुपारी उद्योगमध्ये आठओटा बन्द भइसकेका छन् भने बाँकीले पनि उत्पादन ठप्प पारेका छन् । सरकारी नीतिका कारण उद्योग बन्द भएपछि १५ सय जनाले रोजगारी गुमाएका छन् । सरकारी नीतिका कारण यो मात्र होइन, अन्य उद्योगसमेत समस्यामा परेका छन् । त्यसैले सरकारले उद्योगहरूलाई बचाउने गरी भन्सार र अन्त:शुल्कको दर लगाउनु आवश्यक देखिएको छ ।  सरकारी नीति उद्योगमैत्री नभएकै कारण नयाँ उद्योग खोल्ने क्रम निकै सुस्त छ भने खुलेका उद्योग पनि कतिपय बन्द भइरहेका छन् । प्रतिकिलो ५० रुपैयाँबाट शुरू भएको अन्त:शुल्क अहिले ३६५ रुपैयाँ पुगेपछि स्वीट सुपारी उद्योग बन्द हुन पुगेका छन् । नेपाली उत्पादनमा अन्त:शुल्क लगाउने गरिएको छ र कच्चा पदार्थमा तयारी वस्तुको सरह वा कुनै कुनै वस्तुमा सोभन्दा पनि बढी भन्सार दर लगाइएको छ । यसबारे उद्योगीले बारम्बार आवाज उठाए पनि सरकारले सुन्ने चासो देखाएको छैन । नाफा कमाउने उद्योगले जसरी पनि तिर्नैपर्छ भन्ने सोच कर्मचारी वृत्तमा र राजनीतिक नेतृत्वमा देखिएकाले उद्योगीहरूको गुनासोको सम्बोधन हुन नसकेको हो । त्यही कारण मुलुकमा उद्योगहरू खुल्न सकेका छैनन् जसले गर्दा रोजगारी सृजना हुन सकेको छैन भने वस्तुहरूको आयात बढ्दो छ । आयातबाट उठ्ने राजस्वमा दंग पर्ने सरकारले आन्तरिक उत्पादन कम हुँदा विकास अर्थतन्त्रमा परेको गम्भीर असरमा ध्यान दिन सकेको छैन । जसरी पनि सरकारी खर्चका लागि स्रोत जुटाउनैपर्ने बाध्यता भएकाले सरकारले करमा झन् झन् कडाइ गर्दै लगेको छ । कहाँ कहाँ चुहावट छ त्यो खोजेर टाल्ने काम गर्न भने सरकार अनिच्छुक देखिन्छ । कर जति धेरै लगाइन्छ त्यति नै आन्तरिक अर्थतन्त्र संकटमा पर्दै जान्छ । झन् अहिले अर्थतन्त्र मन्दीको चरणबाट गुज्रिरहेको अवस्था छ । यसमा कर छूट दिएर मात्रै अर्थतन्त्रलाई गति दिन सकिन्छ । तर, सरकारको ध्यान यसतर्फ जान सकेको छैन ।  खुला सिमानाका केही फाइदा पनि छन् र केही बेफाइदा पनि छन् । त्यसैले नेपालले नीतिहरू बनाउँदा यसले अर्थतन्त्रलाई पार्ने नकारात्मक असर कसरी रोक्ने र कसरी यो अवस्थाको फाइदा लिने भनेर विशेष नीति अख्तियार गर्नु अपरिहार्य देखिएको छ । अन्य देशको जस्तो कर नीतिले नेपालमा राम्ररी काम गर्न सक्दैन किनभने भारतसँगको खुला सिमानाका कारण चोरीपैठारी रोक्न सरकार असफल देखिन्छ । सिमाना पूरै खुला भएकाले सबै क्षेत्रमा निगरानी गर्न पनि सकिँदैन । निगरानी राखे पनि तस्करीबाट सामान ओसारपसार हुने कुरा विश्वभरि नै रहेको छ भन्न सकिन्छ । त्यसमा पनि नेपालको कमजोर प्रशासन र सुरक्षा संयन्त्रका कारण चोरी पैठारी रोक्न असम्भव नै देखिएको छ । सवारीसाधन दर्ता गरेर चलाउनुपर्ने भएकाले यो चोरीपैठारी गर्न सम्भव छैन । त्यसैले सवारीसाधनबाहेक सबैजसो सामान चोरीपैठारी भइरहेको छ भन्न सकिन्छ ।  नेपाली चिनी मिलको चिनी विक्री नहुनुको कारण यही हो जसले गर्दा चिनी मिल पनि धमाधम बन्द हुँदै गएका छन् । स्वीट सुपारी होस् वा स्यानिटरी प्याड वा कागज उद्योग, कपडा उद्योग होस् वा साबुन उद्योग, सबैले यस्तै खालका समस्या भोगिरहेका छन् । अहिले सिमा नाकामा केही कडाइ गरिएको छ जसले गर्दा खुला रूपमा भारतीय बजारबाट सामान किनेर ल्याउन कठिन भएको छ । यसले भारतीय सिमानासँग जोडिएको नेपाली बजारले केही सहज अनुभव गरेको समाचार आइरहेको छ । तर, चोरी बाटोबाट भित्रिने सामान भने रोक्न सकिएको छैन । यसलाई रोक्न सक्ने हो भने मात्रै नेपाली उद्योग लाभान्वित हुन सक्छन् ।  खुला सिमानाका केही फाइदा पनि छन् र केही बेफाइदा पनि छन् । त्यसैले नेपालले नीतिहरू बनाउँदा यसले अर्थतन्त्रलाई पार्ने नकारात्मक असर कसरी रोक्ने र कसरी यो अवस्थाको फाइदा लिने भनेर विशेष नीति अख्तियार गर्नु अपरिहार्य देखिएको छ । अत: उद्योगी व्यवसायीको कुरा सरकारले सुन्नुपर्छ र उनीहरूको समस्याको गाँठो फुकाइदिनुपर्छ । अन्यथा मुलुकको अर्थतन्त्र सधैं यस्तै समस्यामै रहिरहन सक्छ ।

१० महिनामा साढे पन्ध्र सय विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा साढे १५ सय विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन्।

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् । कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए । ‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।’ सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ । यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ । यसरी यात्रु बोक्ने गाडीहरू पहुँचको भरमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर निर्बाध चलिरहेको र समस्यामा परेका यात्रुलाई लुट्ने काम गरिरहेको आम यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी महासंघले यस्तो काममा आफू मातहतका व्यवसायी नभई निजी गाडी संलग्न भएको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले रातो नम्बर प्लेट भएका गाडीहरू नै यस्ता कार्यमा बढी सक्रिय रहेको र अनावश्यक रूपमा यात्रुसँग चर्को भाडा असुल्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले निजी गाडीहरूलाई अनावश्यक रूपमा पासको व्यवस्था गरिदिँदा यस्तो समस्या आएको उनको बुझाइ छ । एकातिर यातायात व्यवसायीले स्थानीय तह र प्रशासनकै मिलेमतोमा यस्तो काम भएको हुन सक्ने बताइरहेको भए पनि प्रहरी प्रशासनले भने अनावश्यक भाडा लिने गरेका सवारीसाधन र सवारीधनीलाई कानून बमोजिम मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका सूचना अधिकारी एसपी श्यामकृष्ण अधिकारीले बढी भाडा लिएकोबारे यात्रुले प्रहरीमा उजुरी गरेमा त्यस्ता सवारीधनीलाई कानून बमोजिम कारबाही गरिने बताए ।

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

निषेधाज्ञा अवज्ञा गर्ने १५ सय बढी सवारीसाधन कारबाहीमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्ने १५ सयभन्दा बढी सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि जारी निषेधाज्ञालाई अवज्ञा गर्ने १५ सय बढी चार पाङ्ग्रे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, १२ बजेसम्म १५ सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं, विस्तारै थप कडाइ गर्छौं।" उपत्यकाभरी १३ सय प्रहरी परिचालित छन्।

लकडाउन उल्लंघन गर्ने १५ सय सवारीसाधन नियन्त्रणमा

दाङ । दाङ प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १५ सय सवारीसाधन नियन्त्रणमा लिएको छ। कोरोना भाइरस नियन्त्रणका