व्यवसायीहरूले प्याजको मूल्य दोब्बर बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने चेतावनी दिएको छ । विभागले शुक्रबार विज्ञप्ति नै जारी गरेर कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई कडा कारबाही गर्ने जनाएको हो । आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि व्यवसायीले प्याजमा अचाक्ली मूल्यवृद्धि गरेका हुन् । मूल्यवृद्धिको चौतर्फी विरोध भइरहेको छ ।