काठमाडौं– फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ ।
गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्य...