जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा विद्यमान शासन प्रणाली परिवर्तन बिना राजनीतिक स्थिरता र विकास असम्भव रहेको बताएका छन् । राजनीतिक स्थिरता तथा समृद्धिका लागि कार्यकारिणी अधिकार सहितको राष्ट्रपति चुन्नु पर्ने व्यवस्था आवश्यक देखिएको उनले बताए ।नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दैै उनले संसदीय प्रणालीमा राजनीतिक स्थिरता सम्भव नभएकाले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली आवश्यक रहेको बताए । अध्यक्ष यादवले संसदीय प्रणालीलाई बद