काठमाण्डाै – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाण्डौ–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा पर...