प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छाडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन् । मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा उनले जोड दिए । अनुकूल हावापानी र विविध