नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले दक्षिणपन्थी नभएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आइपुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै व्यक्ति मन परेन भनेर सिंगो पार्टी नै खराब हो भनेर भन्न नमिल्ने बताए । एमाले कर्णालीका इञ्चार्ज समेत रहेका उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘तपाईंहरुले यो पार्टीलाई दक्षिणपन्थी हो भनेर भन्ने के आधार छ ? तपाईंहरु हुँदा यो दक्षिणपन्थी नहुने अहिले दक्षिणपन्थी हुने ? यो दस्तावेज तपाईहरुले पास ग