सान्तडाकी ४५ वर्षीया इन्द्रसरा साउद (नाम परिवर्तन) का दुई छोरा छन् । उनका श्रीमान्को एचआईभी संक्रमणका कारण १५ वर्षअघि मृत्यु भयो । श्रीमान्लाई २०५९ सालमा एचआईभी देखिएको थियो । त्यसपछि उनले थुप्रै भेदभाव र लाञ्छना सहनुपर्यो । उनले मात्रै होइन २ छोराले पनि विभेद खेपे ।