एक दशक पहिले काठमाडौं बस्ने मधेसी समुदाय छठ आउने वित्तिकै आफू बस्ने घर, डेरा कोठामा ताल्चा लगाएर आआफ्नै घर फर्किन्थे । दशैँ तिहारमा समेत घर नजाने मधेसी समुदाय छठमा लगभग सबै घर फर्किन्थे । तर, अहिले परिस्थिति फेरिएको छ ।काठमाडौंमा पनि धुमधामका साथ छठ मनाउन थालिएपछि अधिकांश मधेसी समुदाय घर जान छाडेका छन् । सिनामंगलमा फर्निचर व्यवसाय गर्दै आएका प्रवीण यादवको चार वर्ष भयो छठमा घर नगएको । उनी भन्छन्, ‘मेरो घरमा छठ मनाइँदैन, तैपनि छठको रौनक हेर्न म सिरहा घर जान्थेँ । तर जबदेखि काठमाडौंमा छठ मनाउ