काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल र एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।पोखरा रंगशालामा आज भएको पुरुषतर्फको दौडमा सोमले निर्धारित दुरी ४७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्।सोमले यसअघि आफ्नै नाममा रहेको ४८ दशमलव २ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन्।एपीएफका आशिष चौधरीले रजत जित्दा आर्मीका प्रकाश दनुवारले कास्य हात पारे।महिलातर्फ रमिताले राष्ट्रि