पर्वत : सोह्र श्राद्ध चलिरहँदा पवित्र धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर र कागबेनीमा श्रद्धालुको घुइँचो लागेको छ। सोह्र श्राद्ध सुरु भएसँगै दैनिक जसो भिड बढ्दै गइरहेको मुक्तिनाथ मन्दिरका पुजारी बालकृष्ण सुवेदीले बताए। ‘बिहान सबेरैबाट श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ। अहिले सुरु सुरुका श्राद्ध भएका कारण दिनमा लगभग पाँच सय जति श्राद्ध भइरहेका छन्। अब बिस्तारै बढ्दै जान्छन्,’ उनले भने, ‘एक पटक यहाँ आएर दिए उनीहरूको आत्मा स्वर्गमा जान्छ भन्ने विश्वास छ।’ श्राद्ध