काठमाडौंः अदालतले तोकेको अन्तिम समयसीमामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालय तथा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनबारे आइतबार सर्वोच्चलाई जवाफ पठाए। जवाफमा प्रधानमन्त्रीले पार्टीका कारण समेत प्रतिनिधिसभा विघटनको अवस्थामा पुगेको बताएका छन्। सभामुख सापकोटाले भने आफू विघटनको पक्षमा नरहेको भन्दै निवेदकको माग अनुसार आदेशको माग गरेका