निरन्तरको वर्षासँगै गएको पहिरोले मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ। मेची राजमार्ग अन्र्तगत सेसबुमा गए राति पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ।