अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रूसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनःसंरचना गर्ने आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताएका हङकङ पोष्टले जनाएको छ । चीन विश्व अर