प्रचण्ड र सिंहबीच भेटवार्ता : वामपन्थी एकता र तालमेललाई बलियो बनाउने निर्णय - Naya Patrika

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७:३० बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए । सो भेटका क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको छ ।

सम्बन्धित सामग्री

प्रचण्ड-बाबुराम एकै ठाउँमा ल्याउन कस्ताे बन्दै छ समाजवादी केन्द्र ?

काठमाडौं : ‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ। त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन‚ छिट्टै यस विषयमा निर्णय हुनेछ‚’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार जनकपुर पुगेर भने। उनले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा समझदारी बनाएर विशेष खालको चुनावी मोर्चा वा पार्टी एकता संयोजन समिति बनाउनेबारे छलफल भइरहेको उनको भनाइ थियाे।