मंगलबार सामान्य घटेको सुनको मुल्य बुधबार आएर फेरी उकालो लागेको हो । मंगलबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन एक हजार रूपैयाँले बढेर ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अमेरिका र इरानबीचमा भएको द्वन्द्वका कारणले सुनको मुल्य अकासिन पुगेको बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंस एक हजार ६ सय डलर पुगेपछि स्थानीय बजारमा तोलामा ८० हजार पुग्ने उनको भनाइ छ ।