आज बालाचतुर्दशी : पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदै

मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर,

सम्बन्धित सामग्री

बालाचतुर्दशीमा पशुपतिमा आएका भक्तजनहरुलाई गुर्जो चिया सेवा (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी । विहानै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ। यसपटक पनि ठूलो भिड लागेको छ। मन्दिर परिसरमा हजारौंले […]

बालाचतुर्दशीको महत्त्व

आज बालाचतुर्दशी पर्व । मार्गकृष्ण चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने प्रचलन छ । काठमाडौँको पशुपति, मृगस्थलीमा ठूलो भीड लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाका कारण रन्थनिएको यो क्षेत्रमा यसपालि भने रौनक हुने देखिएको छ । शास्त्रका अनुसार पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णसरह हुने, दिवङ्गत पितृले संसारमा भट्किनु नपर्ने, पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुने विश्वास छ ।