कोरोना कहरले सुस्तायो पाल्पाली ढाकाको व्यापार

कात्तिक ७, पाल्पा । रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझी तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश छन् । कोरोना कहरले ढाकाका व्यापारमा निकै नै कमी आएको उनको अनुभव छ  । यस्ता उद्योग लामो समय बन्द हुँदा श्रमिक कामविहीन समेत बनेका छन् । तानसेनको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्दै आएका कृष्णबहादुर क्षेत्रीले कोरोनाले लाम्रो समय कपडा उत्पादनमा समस्या भएको जानकारी दिइन् । उनले भनिन्, ‘ढाका कपडा उत्पादनमा मात्र होइन, व्यापारमा समेत कमी हुँदै गएको छ ।’  आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन नसक्दा जिल्लामा ढाका र  करुवालगायतका स्थानीय वस्तुले बजार पाउन समस्या देखिएको हो । अघिल्ला वर्षका दशैंको घटस्थापना शुरु भएसँगै पाल्पाली ढाका कपडाको कारोबार निकै राम्रो हुँदै आएको थियो । पछिल्ला दुई वर्षका अवधिमा ढाका कपडाको व्यापार फस्टाउन सकेको छैन । ढाका कपडाको उत्पादन र  पसलसमेत थपिन सकेको छैन । तानबाट उत्पादित ढाका कपडा लगाउन स्वास्थ्यलाई समेत राम्रो हुने र निकै आकर्षक देखिएको छ । हस्तकलाबाट उत्पादित ढाका कपडाको सीप जोगाउन, कारोबार टिकाइराख्न पाल्पाली ढाकालाई विविधिकरण गर्न थालिएको हो । जिल्लामा ढाका कपडाको व्यापार राम्रो हुर्ने मदनपोखरा ढाका पसलका सञ्चालक कमल भण्डारीले जानकारी दिए । तानबाट उत्पादित ढाकाका सामग्री उपहारका रूपमा लैजाने गर्छन् । पर्यटकले कोशेली तथा मायाको चिनोका रूपमा ढाकाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले ढाका कपडा खोजीखोजी लैजाने गर्छन् । यसपालिको दशैंमा ढाकाको व्यापारमा कुनै उत्साह नभएको पाल्पाली ढाका कपडा संघका सचिव मनोज पौडेलले बताए । ढाका कपडा उत्पादन, बजारीकरणले सयौँ युवा रोजगारी पाउन सफल छन् । यसपालि ढाका कपडाको कारोबार नहुँदा उद्योगमा काम गर्ने श्रमिक, व्यापारीमा दशैं आए पनि कुनै उत्साह छैन । पाल्पाली ढाका कपडा उत्पादनका क्षेत्रमा प्रख्यात जिल्ला हो । पाल्पाको तानसेनमा उत्पादित ढाका कपडा अहिले जिल्लाका अधिकांश स्थानीय तहमा उत्पादन हुन्छ । जिल्लामा उत्पादित ढाका कपडासँगै रोजगारीका सम्भावना बढेको हो । जिल्लाका स्थानीय तहले ढाका कपडाको प्रवर्द्धनका निम्ति तालिम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाउन खोजेका छन् । तानसेनका गणेशमान महर्जनले विसं २०१५ मा घरेलु कार्यालयमा पहिलोपटक ढाका उद्योग दर्ता गरे । सोही उद्योगबाट पहिलोपटक यहाँ ढाका कपडा उत्पादन हुन शुरुआत भएको जानकारी दिइएको छ । ढाका कपडालाई तानसेनमा भित्र्याउनुहुने उनकी धर्मपत्नी पूर्णमायाले अहिले पनि ढाकाको पेशालाई निरन्तरता दिइरहेको छ । उनका अनुसार तत्कालीन समयमा महर्जन कामका खोजीमा दिल्लीमा पुगिन् र कपडा बुनिन् पछि भारतबाट फर्केर जिल्लामा नै केही काम गर्नुपर्छ भनेर उद्योगका रूपमा नै ढाका कपडा उत्पादन गर्न थालिन् । उनले भनिन् ‘श्रीमान्ले शुरुआत गरेको ढाका उद्योग अहिले पाल्पाभर फस्टाएको छ । जिल्ला बाहिर तथा भित्रका धेरै महिलाले ढाका कपडा बुनाई, तयारी पोशाक उत्पादन र बजारीकरणमार्फत राम्रो आम्दानी भएको देखेको छु । महिलाहरु ढाकाबाट आत्मनिर्भर बन्न खोजी गर्नुभएकोमा मलाई नै खुशी लागेको छ ।’ पाल्पाली ढाका कपडासँग जोडिएर अहिले युवा, महिला, वृद्धसमेतले रोजगारी पाउन सकेकोमा उनका परिवार निकै उत्साहित बनेका छन् । रासस

सम्बन्धित सामग्री

पाल्पामा फस्टायो ढाकाको व्यापार

उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री हुने गर्दछन् ।विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, […]

पाल्पामा फस्टायो ढाकाको व्यापार

उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले […]

पाल्पामा बढ्यो ढाकाको व्यापार

पाल्पा – उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र […]

पाल्पामा फस्टायो ढाकाको व्यापार

पाल्पा । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र […]

पाल्पामा फस्टायो ढाकाको व्यापार

१० कात्तिक,तानसेन (पाल्पा) । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । ‘पहिला–पहिला पाल्पाली ढाका […]

रोजाइमा पाल्पाली ढाका

तानसेन : उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ। पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन्। विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो। 'पहिला–पहिला पाल्पाली ढाका…

तस्वीर : पाल्पाली ढाका उद्योगमा कार्यरत कामदार

पाल्पाली ढाका उद्योगमा कार्यरत कामदार । पाल्पामा हाल १५ ओटा ढाका कारखाना सञ्चालित छन् । गत फागुन १९ गते पाल्पाली ढाकालाई ब्राण्ड र चैत १२ गते पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरिएको थियो । तस्वीर : रासस

पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा …

पाल्पाली ढाका जोगाउन छुट्टै ब्रान्डिङ

जिल्लाकी ८४ वर्षीया पूर्णमाया महर्जनलाई पाल्पाली ढाकाको इतिहास मेटिने चिन्ता छ । हुन त यस्ता उद्योग सञ्चालन गर्ने सबैको चिन्ता यस्तै छ । त्यसैले पहिचान कायम राख्न ‘ब्रान्डिङ’ को तयारी गरिएको छ । २०१५ सालमा पूर्णमायाका श्रीमान् स्वर्गीय गणेशमानले पाल्पाली ढाका भित्र्याएका हुन् । ‘श्रीमान्ले दुःख गरेर भित्र्याएको प्रविधिको साख जोगाउने जिम्मा हामी सबैको हो,’ पाल्पाली ढाका संघकी अध्यक्षसमेत रहेकी पूर्णमायाले भनिन्, ‘यसका लागि अहिलेका उद्योगीहरूले साथ दिनुपर्छ/दिइरहनुभएको छ ।’

ब्राण्ड बन्दै पाल्पाली ढाका

'ब्राण्डिङ गरेको सामान तानसेन र र काठमाडौंमा आउँदो डिसेम्बर अर्थात् जनवरी पहिलो महिनामा एकैसाथ शुभारम्भ गर्ने तयारी छ, काठमाडौंमा चार वटा र पोखरामा एक सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने कुरा भइसकेको छ, ब्राण्ड बनाएर बजार पठाएपछि यहाँको ढाका कपडाको व्यापार अझ फस्टाएर जानेछ।'