परम्परागत गुन्द्री बुन्न सिक्दै विद्यार्थी

परम्परागत सीप हराउँदै जान लागेपछि विद्यालयले गत वर्षदेखि गुन्द्री बुन्ने सीप विद्यार्थीलाई सिकाउँदै आएको छ ।

सम्बन्धित सामग्री

परम्परागत गुन्द्री बुन्न सिक्दै विद्यार्थी

परम्परागत सीप हराउँदै जान लागेपछि विद्यालयले गत वर्षदेखि गुन्द्री बुन्ने सीप विद्यार्थीलाई सिकाउँदै आएको छ ।

गुन्द्रीदेखि दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

रामपुर : आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ।कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङलिश स्कूलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागत रूपमा चलनचल्तीका सीप सिकाउँदै छ। यहाँ गाउँघर र समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी&nbs

जीवनाेपयाेगी सीप सिक्दै विद्यार्थी

तनहुँको सदरमुकाम दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीले सालको पातको दुना टपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु सिकेका छन् । शिक्षाको साथै नेपाली परम्परागत सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले परम्परागत सीपहरु सिकाइरहेको छ । विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक रुपले प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीले परम्परागत सिप सिक्न थालेको पाइएको छ । लोपोन्मुख विषयलाई संरक्षण गर्न व्यास नगरपालिका–१ भादगाउँस्थित यस विद्यालयले परम्परागत सीपहरु सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामिण जीवनयापनको जीवन्त पाटाहरुमा गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु पर्छन् । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्संदै गएको छ नेपाली समाजले ।