शिक्षा विधेयकका प्रावधानप्रति गाउँपालिका महासंघको असहमति

काठमाडौं । सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासंघले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासंघको दुईदिने बैठकले विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाएको हो । जिल्ला शिक्षा कार्यालय फेरि स्थापना गर्ने, उसैले प्रधानाध्यापक नियुक्त गर्नेलगायतका प्रावधान संघियताको मर्मविरोधी भएको महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए। स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएर पनि सरकारले आफूहरूसँग छलफल नगरी विधेयक बनाउनुले संघीय सरकारले स्थानीय सरकारको अधिकार खोस्न खोजेको पुष्टि हुने उनको आरोप छ । “सरकारले यसबारेमा हाम्रो चासो हुँदाहुँदै पनि कुनै छलफल गरेन र स्थानीय तहको अधिकार खोस्न खोजेको जस्तो देखिन्छ, त्यसैले यो शङ्कास्पद र आपत्तिजनक छ”, उनले भने । महासंघले संघीय संसदमा पेस गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधयेक, २०८० ढिलो गरी भए पनि संसद्मा प्रवेश हुनुलाई सकारात्मकरूपमा लिएको पनि उनले जानकारी दिए ।  महासंघले बैठकपछि जारी गरेको वक्तव्यमा लेखिएको छ, “विधयेकमा व्यवस्था गरिएका कतिपय प्रावधान संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकाले संविधानले तहगत सरकालाई दिएको अधिकारलाई सङ्कुचन नहुने गरी उक्त विधयेकलाई परिमार्जनसहित पारित गर्न सांसदहरूलाई आग्रह गर्दछौँ । साथै संघीय प्रणालीमैत्री कानुन निर्माणका लागि दबाब दिन सरोकारवाला सबैमा आग्रह गर्दछौँ ।” महासंघले प्रशासनिक संघीयता कार्यान्वयनमा अत्यन्तै महत्त्वपूर्ण रहेको संघीय निजामती सेवा विधयेक पनि सरोकारवालासँग परामर्श गरी तत्काल अगाडि बढाउनसमेत नेपाल सरकारको ध्यानाकर्षण गराएको महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिए । बैठकले कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन गर्ने निर्णयलाई स्वागत गर्दै स्थानीय सरकारसँग पर्याप्त परामर्श गर्न, संविधानले प्रदान गरेका तहगत सरकारका अधिकारमा संकुचन एवं हस्तक्षेप नहुनेतर्फ गम्भीर बन्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । महासंघका कोषाध्यक्ष उमेशप्रसाद भट्टका अनुसार वित्तीय संघीयताको मर्म बोकेको र स्थानीय सरकारले आफ्नो प्राथमिकतामा विनियोजन गर्न पाउने एकमात्र वित्तीय हस्तान्तरणलाई रोक नलगाउन महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । त्यसैगरी बाँदर/बँदेल/दुम्सीलगायतका वन्यजन्तु नियन्त्रण एवं व्यवस्थापनसम्बन्धी बेग्लै संघीय कानुन ल्याउन र बालीनाली क्षति भएका किसानलाई राहतको व्यवस्थापनमा सहयोग गर्न संघ तथा प्रदेश सरकारलाई महासंघले अनुरोध गरेको छ । महासंघले डेङ्गु, लम्पी स्किन, सर्पदंश, बाढीपहिरोजस्ता प्रकोपविरुद्ध औषधोपचार, उद्धार, राहत तथा पुनःस्थापनाको उचित प्रबन्धका लागि स्थानीय सरकारलाई अन्य सरकारबाट सहयोगको अपेक्षा गरेको छ । वक्तव्यमा भनिएको छ, “तराई मधेस क्षेत्रमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझो रहेका उक्त क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न, किसानलाई राहत उपलब्ध गराउन र सिँचाइको दिगो व्यवस्थापन गर्न साझेदारीको लागि संघ तथा प्रदेश सरकारमा अनुरोधसहित ध्यानाकर्षण गर्दछौँ ।”

सम्बन्धित सामग्री

शिक्षा विधेयकप्रति शिक्षक महासंघको २०बुँदे विमति, वार्तामा आउन सरकारको आग्रह

काठमाडौं, ३१ भदौ । संसद्मा दर्ता भएको शिक्षा विधेयकप्रति नेपाल शिक्षक महासंघले २० बुँदे विमति राखेको छ । महासंघले शिक्षा विधेयकमा उल्लेख भएका विषयमा विमति जनाउँदै आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गराएर शिक्षकहरुलाई काठमाडौं केन्द्रीत आन्दोलनमा ल्याउने घोषणा गरिसकेको छ । महासंघले शिक्षकको स्थायी नियुक्तिदेखि निजी विद्यालयसम्मका शिक्षकको माग र मुद्दा विधेयकमा सम्बोधन […]

निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा पाण्डे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत निजी स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजी प्राविधिक शिक्षालय महासंघको ८ औं महाधिवेशनबाट कपिलवस्तुका अरुण कुमार पाण्डे निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्।...

निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा पाण्डे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत निजी स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजी प्राविधिक शिक्षालय महासंघको ८ औं महाधिवेशनबाट कपिलवस्तुका अरुण कुमार पाण्डे निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्।...

संघीय शिक्षा ऐनमा शिक्षक महासंघको असन्तुष्टि, माग पूरा नभए आन्दोलन !

काठमाडौं : मन्त्रिपरिषद्ले ‘संघीय शिक्षा ऐन’ विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरिसकेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले छलफलका लागि समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन्।उक्त ऐनमा नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ। महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षकहरूको माग बेवास्ता गर्दै शिक्षा मन्त्रालयले प्रस्तावित मस्यौदालाई छलफल गर्दा समेत आफूहरूलाई छलफलमा नराखिएको बताइन्।उनका अनुसार महासंघले २०७८ फागुन ९ ग

सरकारको निर्णयप्रति मुद्रण महासंघको आपत्ति

सरकारले किताब छपाइमा जनक शिक्षा सामग्री केन्द्रलाई मात्रै एकाधिकार दिएको भन्दै नेपाल मुद्रण उद्योग महासंघ विरोध जनाएको छ ।महासंघले सरकारी विद्यालयका १ देखि ४ कक्षासम्मको किताब छाप्दै आएको निजी क्षेत्रलाई यस वर्ष भने ३ कक्षासम्मका मात्रै छाप्न जिम्मा दिएको भन्दै विरोध जनाएको हो । जनक शिक्षालाई एकाधिकार दिएकाले नै समयमै विद्यलायमा किताब पु¥याउन नसकेको महासंघको […]

दुई पत्रकारका छोराछोरीलाई जुगलमा निःशुल्क शिक्षा

चौतारा : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सदस्य दुई पत्रकारका छोराछोरीलाई चौतारास्थित जुगल बोर्डीङ स्कुलले निःशुल्क अध्यापन गराउने भएको छ।महासंघको सिफारिसका आधारमा दुई जना पत्रकारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको हो। बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले आज यस्तो घोषणा गरेका हुन्। हरेक वर्ष नवीकरण गर्ने गरी महासंघसँग सम्झौता गरिने उनले बताए।नेपाल पत्रकार महासंघको आयोजनामा भएको विजया दशमी, दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्र

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले आइतबार वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरी संघीय ऐन तत्काल जारी गर्न माग गरेको हो । महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी […]

तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग शिक्षक महासंघको माग

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने सरकारसँग माग गरेको छ । महासंघले आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा संघीय ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको हो । अन्तरक्रियामा महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन […]

शिक्षक महासंघको शिक्षा मन्त्रीलाई ३४ बुँदे मागपत्र

काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारसँग यसअघि भएको ३० बुँदे सम्झौता कार्यान्वयनको मागगर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ।सोमबार मन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटेर महासंघले ३४ बुँदे मागपत्र पनि बुझाएको छ। यसअघिका सहमति कार्यान्वयन गर्न, बालविकासका शिक्षकको तलब बढाउन, स्थायी, राहत, अस्थायी, करार, प्राविधिकलगायतका शिक्षकको न्यायोचित माग पूरा गर्न महासंघले ध्यानाकर्षण गराएको हो।यस्तै महासंघले शिक्षक–कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन, कोभिड संक्रमित शिक्षक&ndas