भारतीय निर्भरता तोड्न सप्तरीमा व्यावसायिक कागती खेती

बजारमा बढ्दो माग र कम उत्पादनलाई मध्यनजर गरी सप्तरीमा पहिलो पटक अवकाशप्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेसामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पूरा गर्न गर्न भागवत यादव कागती खेतीमा लागेका हुन्

सम्बन्धित सामग्री

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागती खेती

काठमाडौं, १ असोज ।  झापामा दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा […]

व्यावसायिक कागती खेतीमा किसान

गजुरी– व्यावसायिक कागती खेतीमा किसानहरू सक्रिय हुन थालेका छन् । अहिले ज्यामरुङका आधा दर्जन किसान व्यावसायिक कागती खेती गर्न थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले धमाधम व्यावसायिक खेती थालिएको छ । यो वर्षमात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेमबहादुर ढकाल, बीएन ढकाल, दिनेशचन्द्र ढकाललगायतले करिब २ हजार बोट कागती लगाएका छन् । […]

दाङमा फस्टाउँदै कागती खेती

लमही नगरपालिका–७, हस्नापुर निवासी मधु गिरीले एक बिघा धान खेती गर्ने जग्गामा व्यावसायिक कागती खेती सुरु गर्नुभएको छ । दुई वर्षअघि धान खेती गर्न छोडेर कागती खेतीमा लाग्नुभएका गिरीले अहिले कागती खेतीबाट राम्रो आम्दानीसमेत लिँदै आउनुभएको छ । धान खेतीका सधैँजसो मलको समस्या हुने र सिँचाइका लागि सुविधासमेत नहुँदा भने जस्तो धान उत्पादन नहुने भएपछि व्यावसायिक कागती खेती गर्न थालेको गिरी बताउनुहुन्छ ।

पन्ध्र वर्ष कतारमा बिताएपछि अहिले आफ्नै गाउँमा कागती खेतीबाट लाखाैँ आम्दानी

बाग्लुङ – पन्ध्र वर्षसम्म कतारमा गाडी चालककाे रूपमा काम गर्नुभएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको व्यावसायिक बिक्री–वितरण थालिसकेका छन् । अगुवा कागती किसान रिमबहादुर क्षेत्री, निमलाल पौडेल ...

कागती खेतीबाट मनग्य आम्दानी

पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आउनुभएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको […]

कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन-  “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन्। […]

कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन । ‘विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।’ बागलुङ निसीखोला गाउँपालिका-६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका […]

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक काग...

प्युठानमा व्यावसायिक कागती खेती

प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ । उहाँका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको हो । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना–ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेकोे उहाँले बताउनुभयो । आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ”, उहाँले भन्नुभयो, “परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।”

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन् । दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् । यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उनले बताए। यहाँ उत्पादित कागत