२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित भए । सिटौला अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका संयोजक छन् । उनको जिम्मेवारी देशैभरको लेखाजोखा गरेर सिट बाँडफाँटको टुङ्गो लगाउनु हो । तर, उनै सिटौलाका लागि आफ्नो क्षेत्रमा पनि सोही अनुसार लेखाजोखा गर्ने र गठबन्धनका तर्फबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाउन ठुलो चुनौती देखिन्छ । झापा क्षेत्र नम्बर ३ मा सिटौ