काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरमा विकेट लिएका हुन्। सोमपालले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई एलबीडब्लू आउट गरेका हुन्। नेपाललाई सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका थिए। सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोउडलाई एलबीडब्यू आउट गरेका थिए।