देशमा देखिएका समस्या राष्ट्रिय सहमति गराएर हल गर्नुपर्छ- उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए । उनले समयमा नै निर्वाचन सम्पन्न गर्दै विभिन्न […]

सम्बन्धित सामग्री

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ ।   राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गर्नुभयो ।   उहाँले भन्नुभयो,'निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र सङ्घर्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र सङ्घर्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन् ।'  प्रधानमन्त्री दाहालले यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गर्नुभएको छ । लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा तथा निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुने उहाँले बताउनुभयो ।  प्रधानमन्त्री दाहालले लोकतन्त्रको संस्थागत सुनिश्चितता, सङ्घीयताको गतिशील कार्यान्वयन तथा शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुने उल्लेख गर्नुभयो ।   'सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रा सामु छ । जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ', उहाँले भन्नुभयो ।   लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास तथा समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिने बताउनुभयो ।   सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो भन्नुभयो ।  देशको राजनीति र अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न अग्रसर रहेको उहाँको भनाइ छ ।   अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयङ्गम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले ७३औँ प्रजातन्त्र दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे समुपस्थित हुनुहुन्थ्यो । यसैगरी उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीलगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले मार्चपास गर्नुका साथै विभिन्न कालजयी गीत प्रस्तुत गरेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमाले टसकोमस नहुने पोखरेलको दाबी

जनकपुरधाम : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेले गठबन्धन हुँदाको सहमतिबाट टसकोमस नहुने भएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रवार जनकपुरधाममा उक्त जानकारी दिएका छन्। पार्टीले संगठन थप चुस्त र दुरुस्त बनाउन देशव्यापी रूपमा ‘मिशन ग्रासरुट’ सुरु गरेको छ। उनले फागुन २५ हुँदै चैत ३ गतेसम्म एमालेका लागि पहिलो राजनीतिक च्याप्टर रहेको र त्यसपछि अर्को च्याप्टर सुरु हुने बताएका छन्। राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि मात्र राष्ट्रिय सहमति, साझा नीति तथा कार्यक्रम सहितको अलग च्याप्टरमा ए...

कांग्रेसलाई प्रचण्डले दिएको स्पेस

१२ माघ, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव पार्टी स्थायी कमिटीमा राखेका छन् । बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे नेताहरुको धारणा समेत मागेका छन् । नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले कसरी जाने भनेर एमाले र […]

राष्ट्रिय सहमति : प्रधानमन्त्रीले भनेको एउटा, कांग्रेसले बुझेको अर्को !

काठमाडौं : प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेसले संवैधानिक पदहरुमा नजर लगाइरहेको छ। सत्ता बाहिर बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदहरुमा भागबन्डा खोजेको हो।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने बताइरहेका बेला कांग्रेस पनि संवैधानिक पदमा भागबन्डाको राष्ट्रिय सहमति खोजिरहेको छ। यसको दृष्टान्त बिहीबार सभामुखको निर्वाचनमा देखा परेको छ। सभामुखको निर्वाचनमा अन्तिम समयसम्म पनि उम्मेदवारी दिने/नदि...

कांग्रेसलाई राष्ट्रपति दिने गरी सहमति हुन्छः माओवादी नेता

काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले सभामुख निर्वाचनमा पूर्व सहमति कार्यान्वयन भए पनि राष्ट्रपतिमा सर्वमान्य व्यक्तित्वको छनोट हुने बताएका छन् । ‘हामीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष लगायत बाँकी सबै पदमा राष्ट्रिय सहमति गरौं भनेका हौं । त्यसनिम्ति प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको पनि हो । त्यसनिम्ति अधिकतम प्रयत्न […]

'दूरगामी महत्त्वका विषयमा राष्ट्रिय सहमति नहुँदा राजनीतिक द्वन्द्वको खतरा हुन्छ'

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता प्रति लक्षित गर्दै राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा दुरगामी महत्व राख्ने विषयलाई सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा– २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस– २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखेका हुन् । उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो