आगामी मौद्रिक नीतिमार्फत उत्पादनमूलक उद्योगले कम ब्याजदरमा कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्ने उद्योगी व्यवसायीहरूले बताएका छन् । स्वदेशी उत्पादन बढाएर मुलुकको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटा कम गर्न उक्त नीति आवश्यक रहेको उनीहरूको भनाइ छ ।