परराष्ट्र मन्त्रालयले भन्यो : अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू

११ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो […]

सम्बन्धित सामग्री

अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ। ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो । ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर […]

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्नुभएको छ ।

भिभिआइपी सवारी : सर्वसाधारणलाई घन्टौँ जामको सास्ती

सवारी आगमनको सूचना सार्वजनिक नहुँदा कार्यालय र अत्यावश्यक काममा हिँडेका सर्वसाधारण मारमा  कीर्तिपुरका सत्यनारायण भट्ट सोमबार दिउँसो १२ बजे नारायणहीटिस्थित दरबार संग्रहालय जान मोटरसाइकलमा निस्किए । उनी जब बल्खु चोक आइपुगे, घनघोर...

मलेसियामा आजदेखि लकडाउन, दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ । मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जना...

काठमाडौँमा यी अवस्थाबाहेक आवतजावत बन्द

राजधानीमा निषेधाज्ञा वैशाख २९ सम्म जारी गरिएको निषेधाज्ञाका क्रममा सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।

निषेधाज्ञाको चौँथो दिन : थप कडाइ गर्न सक्रिय रह्यो प्रहरी

काठमाडौं : आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको चौँथो दिन। काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या न्युन नै देखियो। अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा प्रहरीले थप कडाइ गर्न थालेको छ। मास्क नलगाउने तथा बिनाकाम हिँडडुल गर्नेहरुलाई प्रहरीले होल्डिङ जोनमा राख्ने गरेको छ। त्यस्तै, सवारी पासको पनि…

आइतबार मध्यरातिबाट काभ्रेमा निषेधाज्ञा लागू

काठमाडौँ । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको राजमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै […]

राजदूत आचार्यले भने- भारतमा रहेका नेपालीले धैर्य गरौं

काठमाडौं। कोरोना महामारीबाट आक्रान्त बनेको भारतमा रहेका नेपालीहरुलाई धैर्य गर्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भनेका छन्। आज एक विज्ञप्ति निकाल्दै उनले नआत्तिइ र बिचलित नभइ शान्त भएर मास्कको अनिवार्य प्रयोग गर्न भारतमा रहेका नेपालीलाई उनले भनेका छन्। उनले भीडभाडबाट टाढा रहन, अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेका छन्।

अत्यावश्यक काममा निस्कनेलाई निषेधाज्ञाको समयमा पनि पास नचाहिने

काठमाडौँ । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ । बिहीबार (आज) सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले यो जानकारी गराएको हो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराएकी हुन्। सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बैंक तथा वित्तीय […]

प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौं उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ […]